पीएसएलको ड्राफ्टमा ८ नेपाली क्रिकेटर 

रेडियो कान्तिपुर संवाददाता

मंसिर २, २०७६ | काठमाडौं

पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा ८ नेपाली क्रिकेटर परेका छन् । पीएसएलले सार्वजनिक गरेको सिल्भर समूहमा पूर्व कप्तान पारस खड्का सहित शरद भेषावकर, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, रोहित पौडेल र सोमपाल कामी रहेका छन् । लेगस्पिनर सन्दिप लामिछाने भने यसअघि नै प्लाटिनम श्रेणीको ड्राफ्टमा परिसकेका छन् । 

नेपाल क्रिकेट संघ क्यानले पठाएको सूचीबाट उनीहरुलाई ड्राफ्टमा राखिएको हो । संघले करण केसी, पवन सर्राफ र ललित नारायण राजवंशीको नामपनि पठाएको थियो । इमर्जिङ लगायत अन्य श्रेणीको घोषणा हुनुअघि नै ८ नेपाली खेलाडी ड्राफ्टमा परेका हुन् ।

प्लाटिनम, डाइमण्ड, गोल्ड र सिल्भर अन्तर्गत विदेशी र स्थानीय समूहको खेलाडीको सूची पीएसएलले सार्वजनिक गरिरहेको छ । पीएसएलको पाँचौ संस्करण सन् २०२० को फेब्रअरी २२ देखि मार्च २२ सम्म आयोजना हुने तालिका छ । 


प्रतिक्रिया