नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै 

रेडियो कान्तिपुर संवाददाता

मंसिर ३, २०७६ | काठमाडौं

- विश्वकप छनोट फुटबल अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज कुवेतसंग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलीमिथाङ रंगशालामा नेपाली समयानुसार अपरान्ह पौने ३ बजे नेपाल र कुवेतबीचको प्रतिस्पर्धा सुरु हुनेछ ।

अवे खेलमा कुवेतसँग ७–० को फराकिलो हार भोगेको नेपाल तटस्थ भूमिमा भने सुधारिएको खेल खेल्दै कम्तीमा अंक खोस्ने योजनामा रहेको छ । घरेलु मैदानमा खेल्नु पर्ने खेल दशरथ रंगशालाको पुर्ननिर्माण नसकिएपछि भुटानमा हुन लागेको हो । टोलीका मुख्य प्रशिक्षक योहान कालिनले तटस्थ भूमिमा नेपाली टोली संयमित रुपले मैदान उत्रने बताउदै कम्तीमा अंक जोड्ने लक्ष्यमा आफ्नो टोली मैदान उत्रने बताउनुभयो ।

भुटानमा नेपालको जस्तै मौसम रहेकाले चिसो खाडीको टोलीविरुद्ध बदला लिने नेपालको लक्ष्य छ । तर त्यसका लागि टोलीले कठिन मिहेनत गर्न आवश्यक छ । ४ खेलबाट ७ अंक जोडेको कुवेत समान अंक भएको जोर्डनलाई पछि पार्दै समूह बीको दोस्रो स्थानमा रहेको छ । उसको लक्ष्य वरियतामा ११ स्थान तल रहेको नेपालबिरुद्ध ठुलो गोल अन्तरको जित निकाल्नु नै हुनेछ । 
स्टाइकर बिमल घर्तीमर, मिडफिल्डर अन्जन बिष्ट, डिफेन्डरहरु सन्तोष तामाङ र दिनेश राजवंशी एन्फाको अनुशासन कारबाहीमा परेपछि नेपाली टोलीमा आज निक्कै फेरबदल हुनेछ । 
 


प्रतिक्रिया