पत्रकार भण्डारी कारागार चलान

रेडियो कान्तिपुर संवाददाता

मंसिर ३, २०७६ | कञ्चनपुर

अदालतको अवहेलना मुद्दा लागेका पत्रकार खेम भण्डारी कारगार चलान भएका छन् । उनलाई जिल्ला अदालतले मंगलबार एक घण्टा कैदका लागि कारगार चलान गरेको हो । कारागार चलानसंगै उनलाई एक रुपैंया जरिवाना समेत गरिएको छ । 

जिल्ला अदालत कञ्चनपुरले असार २ गते अदालतको अवहेलना गरेको ठहर गर्दै भण्डारीलाई एक घण्टा कैद र एक रुपैंया जरिवानाको फैसला गरेको थियो । भण्डारीले भने अदालतले पुनरावेदनको म्याद बारे समेत जानकारी नदिएको बताएका छन् । 


प्रतिक्रिया