भाले चितुवा मृत फेला

रेडियो कान्तिपुर संवाददाता

मंसिर ४, २०७६ | तनहुँ

तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा एक भाले चितुवा मृत अवस्थामा फेला परेको छ । ढाँड भाचिएको अवस्थामा उक्त चितुवा बुधबार फेला परेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताउनुभयो ।

‘चितुवालाई गाडीले हानेको जस्तो देखिन्छ’ प्रमुख बरालले भन्नुभयो, ‘चोट लागेपछि खोला तिर गएको र खोला नजिक बान्ता पनि गरेको रहेछ ।’ करीब ८ वर्षको देखिने भाले चितुवाको तौल ४० किलो रहेको प्रमुख बरालको बताउनुभयो ।

चितुवाको छाला काटेर चितवन राष्ट्रिय निकुञ्ज पठाइने र बाँकी शरीरलाई डिभिजन वन कार्यालयको पछाडि खाल्डा खनेर पुरिने प्रमुख बरालले जानकारी दिनुभयो । गत सोमबार मात्रै पेट फुटेको अवस्थामा व्यास–७ साखुलीमा चितुवाको डमरू मृत फेला परेको थियो ।


प्रतिक्रिया