इजरेलले गर्‍यो सिरियामा हवाई कारबाही

मंसिर ४, २०७६

सिरियाबाट इरानी सुरक्षा फौजले गरेको रकेट आक्रमणको जवाफमा इजरेलले सिरियामा हवाई कारबाही गरेको छ । सिरियाली र इरानी सैनिकलाई लक्षित गरी दर्जन बढी आक्रमण गरेको इजरेलले जनाएको छ ।

सो आक्रमणमा दुई जना सर्वसाधारणको मृत्यु भएको सिरियाको सरकारी सञ्चारमाध्यमले जनाएको छ । यद्यपि, इजरेलले हानेका अधिकांश क्षेप्यास्त्र नष्ट गरेको दाबी सिरियाली हवाई सेनाले गरेको छ ।

सिरियाली भूमिबाट इरानी सेनाले इजरेलमा हिजो रकेट आक्रमण गरेको थियो । त्यसलगत्तै इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो मुलुक र जनतालाई दुख दिनेले जवाफमा पनि दुख नै खेप्नुपर्ने बताउनुभएको थियो ।   


प्रतिक्रिया