उच्च अदालतमा १५ न्यायाधीशको सिफारिस

रेडियो कान्तिपुर संवाददाता

मंसिर ४, २०७६ | काठमाडौं

न्यायपरिषदले उच्च अदालतमा १५ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । आज बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशबाट ६ जना, महान्यायाधीवक्ता कार्यालयमा कार्यरत सहसचिवबाट १ जना र अधिवक्ताबाट ८ जनालाई उच्च अदालतमा सिफारिस गरेको हो । 

जिल्ला अदालतका न्यायाधीश किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दीपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारीलाई परिषदले उच्च अदालत तानेको छ । यस्तै महान्यायाधीवक्ता कार्यालयका सहन्यायाधीवक्ता गीताप्रसाद तिम्सिनालाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गदै उच्च अदालत जनकपुरको राजविराज इजलासको न्यायाधीश तोकिएको छ ।

यस्तै अधिवक्ताबाट मिलनकुमार राई, राजुराम सिलवाल, मेरिना श्रेष्ठ, मिना गौतम सेढाइ, सोमकान्त मैनाली, देशबहादुर सार्की, रेखा थापा पाण्डे र किरण कुमारी गुप्ता छन् । उनीहरूलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले नियुक्त गरी सपथ खुवाउनुहुनेछ । 


प्रतिक्रिया