निर्यात १४ प्रतिशतले बढ्यो

मंसिर ५, २०७६ | काठमाडौं

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने रेमिटेन्स चालु आर्थिक बर्षको पहिलो त्रैमाशिकमा झण्डै ५ प्रतिशतले घटेको छ । गत साउनदेखि असोजसम्मको समयावधीमा २ खर्ब ३० अर्ब २४ करोड रेमिटेन्स मुलुक भित्रिएको छ, जुन ४ दशमलव ९ प्रतिशतले कम हो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा बैदेशिक रोजगारीम जाने नेपालीको संख्या पनि ३ दशमलव ७ प्रतिशतले घटेको छ । यस्तै, पुन: श्रम स्वीकृतिका आधारमा बैदेशिक रोजगारीमा जानेको संख्या शुन्य दशमलव ९ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

पहिलो त्रैमाशिक समिक्षा प्रतिवेदन आज सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यापार घाटा १२ प्रतिशतले घटेर ३ खर्ब ७ अर्ब ७८ करोडमा झरेको जनाएको छ । यो अवधिमा कुल वस्तु निर्यात १४ दशमलव ४ प्रतिशतले बढेर २७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ भने आयात १० दशमलव ३ प्रतिशतले घटेर ३ अर्ब ३४ अर्ब ९५ करोड पुगेको छ ।

समिक्षा अवधीमा शोधानान्तर स्थिती १४ अर्ब ४३ करोडले बचतमा रहेको बैंकले जनाएको छ । अघिल्लो बर्षको सोही अवधीमा शोधानान्तर स्थिती ३५ अर्ब ४२ करोडले घाटामा थियो । असोजमा महिनामा उपभाक्ता मुद्रास्फिती ६ दशमव १ प्रतिशत रहेको छ ।

बिस्तृत मुद्राप्रदाय ३ दशमलव २ प्रतिशतले बढेको छ । संघीय सरकारको बैकिङ कारोबारमा आधारित खर्च १ खर्ब ७२ अर्ब ३३ करोड र राजश्व परिचालन २ खर्ब ११ अर्ब २८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।  


प्रतिक्रिया