प्रमख दललाई उपनिर्वाचनको चटारो

रेडियो कान्तिपुर संवाददाता

मंसिर ६, २०७६ | काठमाडौं

- उपनिर्वाचनको मौन अवधि सुरु हुन ५ दिनमात्रै बाँकी रहँदा प्रमुख दलहरु उपनिर्वाचनमा केन्द्रीत भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ११ गते मध्यराती १२ बजेदेखि मौन अवधि सुरु हुनेछ । आयोगले उपनिर्वाचनको प्रचार–प्रसारकालागि प्रतिनिधीसभा र प्रदेशसभालाई १५ दिन र स्थानीय तहका उम्मेदवारलाई १० दिनको अवधि दिएको छ ।

चुनाव नजिकिएसंगै केन्द्रमा कुनैपनि औपचारीक कार्यक्रमको आयोजना नगरेका दलहरु उपनिर्वाचन हुने ३७ जिल्लाका ५२ स्थानमा केन्द्रीत छन्  । उपनिर्वाचनको मुख्य आर्कषण मानिएको कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा निर्वाचन हुँदै छ । ०७४ को निर्वाचनमा तत्कालिन एमालेका रविन्द्र अधिकारी निर्वाचत भएको सो क्षेत्रमा अधिकारीको दुर्घटनामा निधन भएपनि अहिले नेकपाको तर्फबाट उहाँकै श्रीमती विद्या भट्टराइलाई उम्मेदवार बनाइएको छ । प्रदेशसभा  उपनिर्वाचन हुने बाग्लुङ, भक्तपुर र दाङमापनि चुनावी सरगर्मी बढेको छ । अहिले सत्तारुढ दल नेकपाका शीर्ष नेताहरु उपनिर्वाचन हुने अधिकांस जिल्लामा खटिएका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेस गाउँ देखि केन्द्रसम्मको रणनीति बनाउदै जिल्लामा खटिएको छ । जिल्लाका शीर्ष नेताहरुलाई गाउँ र केन्द्रका नेताहरुलाई जिल्ला र प्रदेशको चुनावी कार्यक्रममा परिचालन गरिएको कांग्रेस पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

त्यस्तै प्रतिनिधीसभा र प्रदेशसभाको उपनिर्वाचनमा उम्मेदवार बनेका साना दलहरुपनि चुनावी गतिविधीमा केन्द्रीत छन् । कास्की २ मा साझा पार्टीले चुनावी गतिविधी तिव्र बनाएको छ । भने बाग्लुङमा नेकपाको समर्थन पाएको राष्ट्रिय जनमोर्चाले चुनावी गतिविधी बढाएको छ । भने स्थानीय तहको उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका समाजवादी र राजपापनि चुनावी गतिविधीमा सक्रिय बनेका छन् । 


प्रतिक्रिया