नेपाल र भारत बीचको बैठक विषयमा प्रवेश नगरी सकियो

रेडियो कान्तिपुर संवाददाता

मंसिर ६, २०७६ | काठमाडौं

भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भू–भागलाई समावेश गरेपछि सुरु भएको विरोधकाबीच पोखरामा तीन दिन सम्म चलेको नेपाल र भारतका अधिकारीहरु सम्मिलित समन्वय बैठक विषयमा प्रवेश नगरी सकिएको छ ।

पोखरामा बसेको संयुक्त बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा गृह, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका वरिष्ठ अधिकृतहरु सहभागी थिए । भारतको तर्फबाट भने सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक कुमारराजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोली आएको थियो । 

नेपाल र भारतको सुरक्षा प्रमुख तहमा भएको चौंथो बैठकले दुवै देशका सुरक्षा निकायबीच सम्बन्ध विस्तार हुन मद्दत पुग्ने र प्रभावकारी सुरक्षा व्यवस्था एवं सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि फलदायी हुने विश्वास लिईएको छ । 

सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग आदान प्रदान तथा सीमा व्यवस्थापनलाई मजबुद बनाउन संयुक्त अभ्यास गर्ने सहमति गरेपनि नेपाली भूमि भारतीय नक्सामा राखिएको प्रति बैठक मौन रह्यो ।

तेश्रो देशका नागरिकबाट नेपाल–भारत सीमा क्षेत्रमा हुन सक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाउने सहमति बैठकले गरेको छ ।  


प्रतिक्रिया