रुपन्देहीमा फोहोर व्यवस्थापन जटिल बन्दै

मंसिर १८, २०७६ | रुपन्देही

- रुपन्देहीको बुटवल र भैरहवामा फोहोरमैला प्रशोधन केन्द्र बनाउने झण्डै १० वर्षदेखिको योजना स्थगित भएको छ । एसियाली विकास बैंक एडीबीको सहयोगमा मझौला सहरी विकास सुदृढीकरण आयोजना मार्फत ठेक्का प्रक्रियामा गएका ७२ करोड रुपैया बराबरका दुवै आयोजना रद्द भएका हुन् ।

प्रशोधन केन्द्र सम्वन्धमा स्थानीयतहवीच विवाद भएपछि एडीवीले आयोजनाबाट हात झिकेको हो । ५ वर्षमा सकिने आयोजना पटक पटक म्याद थपेर सन् २०१८ डिसेम्बरसम्म पुर्‍याइएको थियो । एडिबीको बुटवल आयोजनाका व्यवस्थापक शिखर लामा तामाङले विवाद भएका क्षेत्रमा एडिबीले काम नगर्ने नीति अनुसार औपचारिक रुपमै आयोजना रद्द गरेको बताउनुभयो । 

प्रदेश मुकाम रहेको बुटवल उप महानगरपालिकामा करिब ५३ टन दैनिक फोहोर जम्मा हुन्छ ।    भैरहवा क्षेत्रमा दैनिक ३५ टन फोहोर जम्मा हुनेगरेको छ ।  

 


प्रतिक्रिया