७ महिनामा मुल्यबृद्धि ५ प्रतिशत

रेडियो कान्तिपुर संवाददाता

चैत्र ४, २०७४ | काठमाडौं

खाद्य वस्तुको मूल्य बृद्धिका कारण चालु आर्थिक वर्षको ७ महिनामा मुल्यबृद्धि ५ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले आज आज सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाले पुष महिनामा ४ प्रतिशत रहेको मूल्य बृद्धि माघ मसान्तसम्म ५ प्रतिशत पुगेको देखाएको छ । सबैभन्दा धेरै तराईमा ५ दशमलव ६ प्रतिशत, हिमालमा ५ दशमलव ४ प्रतिशत, पहाडमा ५ दशमलव १ प्रतिशत र काठमाडौंमा चार प्रतिशतले मूल्य बृद्धि रहेको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा अवधिमा व्यापार घाटा अघिल्लो वर्षको भन्दा १९ दशमलव ४ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब ६० करोड पुगेको छ । मुलुकबाट ४७ अर्ब ६२ करोड रुपैयाँ बराबरको निर्यात हुँदा भारत, चीन लगायत मुलुकबाट ६ खर्ब ६१ अर्ब बराबरको आयात गरिएको छ । तीन महिना निरन्तर घटेको रेमिट्यान्स माघमा भने १ दशमलव ७ प्रतिशतले बढेर ४ खर्ब एक अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको माघमा भने ५ दशमलव २ प्रतिशतले रेमिट्यान्स बढेको थियो ।


प्रतिक्रिया