बजेट सन्तुलित छ : अर्थमन्त्री

असार ८, २०७६ | काठमाडौं

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि ल्याइएको बजेट सन्तुलित भएको दाबी गर्नभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहको प्रश्नको जवाफ दिदै मन्त्री खतिवडाले जनसंख्या, भूगोल विकासको क्षमता राजश्व संकलन विकास निर्माणको लागत लगायतलाई ध्यानमा राखेर बजेन निर्माण भएको बताउनुभयो । 

सरकारले लिएको लक्ष्यअनुरुप ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्न सकिने दिशामा बजेट विनियोजन भएको मन्त्री खतिवडाको दाबी थियो । 

संघीय सरकारले गर्ने विकास आयोजनाका बारेमा मापदण्ड निर्माण गर्दा ढिलाई भएकाले सबै आयोजना शतप्रतिशत बजेट छुट्याउन नसकिएको भन्दै अर्थमन्त्री खतिवडाले त्यसलाई सुधार गर्दै लैजाने बताउनुभयो । 

अधुरा आयोजना भने केन्द्र सरकारले नै निर्माण सम्पन्न गरेर सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरिने उहाँको भनाई थियो । बजेट आर्थिक वृद्धि र वितरणलाई संगै अघि बढाउने किसिमको दुई धारे नीति लिएर अघि बढेको अर्थमन्त्री खतिवडाले बताउनुभयो । 


प्रतिक्रिया