बाढी प्रभाव : सुनसरी मोरङ औद्योगिक करिडोरमा अर्ब बढीको क्षति

असार २९, २०७६ | मोरङ

- अविरल बर्षापछि मोरङको लोहन्द्रा, जुडी र सुनसरीको बुढी तथा टयाङग्रा खोलामा आएको बाढीले सुनसरी–मोरङ औद्योगिक करिडोरमा अर्ब बढीको क्षति पुर्‍याएको छ । करिडोरमा रहेका पाँच सय भन्दाबढी उद्योग डुवानका कारण विहीबारदेखि बन्द छन् ।

करिडोरका प्रायः सबै उद्योगमा पानी पस्दा गोदामा रहेका उत्पादित वस्तु र कच्चा पदार्थ नष्ट भएको छ । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उत्पादित वस्तु र कच्चा पदार्थ पानीमा डुब्दा सुनसरी मोरङ करिडोरका उद्योगमा करोडौको क्षति भएको बताउनुभयो । 

कटहरीमा रहेका दर्जन बढी उद्योग जलमग्न भएका छन । क्वालीटी समुहका प्रबन्धक श्याम कावराले कटहरी क्षेत्रमा रहेका दर्जनबढी उद्योग सबैको उत्पादित वस्तु र कच्चा पदार्थ नष्ट भएको बताउनुभयो । 
त्यसैगरी सुनसरीको टुयाङग्रा खोलाको बाढीले इटहरी र खनार क्षेत्रका उद्योग डुवानमा परेका छन । बुढी खोलाको बाढीले दुहवी क्षेत्रका उद्योग डुवानमा परेका छन ।

अवव्यवस्थीत बस्ती, पानीको निकास नहुनु र नदी नियन्त्रण नगरिदा सुनसरी मोरङ करिडोरका उद्योगले हरेक वर्ष करोडौको क्षति व्यहोर्नु परेको उद्योग वाणिज्य महासंघका केन्द्र्रीय सदस्य अविनाश बोहोराको भनाई छ ।

उद्योग संगठन मोरङका सदस्य नन्दकिशोर राठीले खोलाको बाढी पसेर उद्योग डुवानमा पर्नु स्वाभीक नै भएपनि पानीले निकास नपाउदा उद्योग डुब्नु दुःखद भएको बताउनुभयो ।

उद्योग र गोदाम पानीले डुबेपछि जोगवनी नाकाबाट हुने आयात निर्यात पनि तीनदिनदेखि घटेको विराटनगर भन्सारको तथ्याङक छ । भन्सारका सूचना अधिकृत मणिराम पौडेलका अनुसार तिनदिन अघिसम्म दैनिक सरदर ६० ट्रक औद्योगिक उत्पादन निकासी हुने गरेकोमा तीनदिन देखि दैनिक १५–२० ट्रकमात्र औद्योगिक उत्पादन निकासी भएको छ ।


प्रतिक्रिया