कुलेखानी जलविद्युत केन्द्रको जलाशय भरियो

असार ३०, २०७६ | हेटौंडा

लगातारको वर्षाका कारण मकवानपुरमा रहेको कुलेखानी जलविद्युत केन्द्रको जलाशय असारमै भरिएको छ । गत वर्षभरिमा जलाशयमा पानीको सतह १ हजार ५ सय २६ मिटर रहेकोमा यस वर्ष आज बिहानसम्ममा नै १ हजार ५ सय २६ मिटर पुगेको छ ।

जलाशयमा अधिकतम १ हजार ५ सय ३१ मिटरसम्म मात्रै पानी भण्डारण हुन सक्छ । त्यस क्षेत्रमा लगातार परिरहेको पानीका कारण तीन/चार दिनमै जलाशयमा पानीको सतह करीब २० मिटर बढेको विद्युत प्राधिकरणले जनाएको छ ।

जलाशयमा पानी भरिएपछि ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको दोस्रो पूर्ण क्षमतामा चलाइएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।  

यसैबीच, प्राधिकरणले कुलेखानी जलाशय भरिंदै गएका कारणले पानी निकासका लागि बााधको गेटहरु खोल्नु पर्ने अवस्था आउन सक्ने भएकाले सर्तक रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कुलेखानीको पानी बागमती नदीमा गएर मिसिने गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘पानीको सतह घटाउन जलाशयलाई पूर्ण क्षमतामा चलाइरहेका छौं, यसबाट पनि नघटेमा पानी ‘स्पिल वेबाट बाहिर जान्छ’ । ‘यसो हुादा पनि पानीको सतह बढेर जलाशयको क्षमताले नभ्याउने भएमा बााधमा रहेका गेटहर खोलेर पानी बाहिर निकाल्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्छ । 


प्रतिक्रिया