नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

असार ३०, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज सामान्य अंकले सुधार देखिएको छ । बजार परिसूचक नेप्से आज ५ दशमलव ८ अंकले बढेर १ हजार २ सय ५४ दशमलव ५६ अंकमा पुगेको छ । कारोबार भएको सबै कम्पनी समूहको उपसूचक बढेका कारण नेप्से उकालो लागेको हो ।

नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि हिजोको तुलनामा १५ करोड रुपैयाँले वृद्धि भएको छ । साताको पहिलो दिन नेप्सेमा हिजो २८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आज सबैभन्दम बढी उत्पादनमूलक कम्पनी समूहको उपसूचक ३६ दशमलव ६९ अंकले बढेको छ ।

यस्तै, होटल समूहको २४ दशमलव २५ र जीवन बीमा कम्पनी समूहको उपसूचक २० दशमलव ५५ अंकले बढेको छ । नेप्सेमा आज कुल १ सय ७० कम्पनीका ४ हजार ९ सय ५ कारोबारबाट २९ लाख ७३ हजार ८ सय ४३ कित्ता सेयर किनबेच भए ।

जसअन्तर्गत, ४३ करोड ५२ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।  


प्रतिक्रिया