इन्टरनेटको शुल्क भोलिबाट बढ्ने

असार ३१, २०७६ | काठमाडौं

इन्टरनेटको शुल्क भोलिदेखि बढ्ने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुले भोलिदेखि लागू हुने गरी इन्टरनेटको मूल्य वृद्धि गर्ने भएको हो । योसंगै उपभोक्तालाई इन्टरनेटको शुल्क १३ प्रतिशतले महङ्गो हुने भएको छ ।

सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि इन्टरनेटको शुल्क महंगो हुने भएको हो । गत बर्ष गरेको सहमति सरकारले कार्यान्वयन नगरेकाले आफूहरुले दूरसञ्चार सेवा शुल्क सर्वसाधारणबाटै उठाउने निर्णय गरेको इन्टरनेट सेवा प्रदायक संघले जनाएको छ ।

सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने सहमति भएको संघको दाबी छ । 


प्रतिक्रिया