नेप्से ५ अंकले उकालो लाग्यो

श्रावण ७, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज केही सुधार देखिएको छ । सेयर कारोबार हुने साताको तेस्रो दिन अजा बजार परिसूचक नेप्से ५ दशमलव ९४ अंकले बढेर १ हजार २ सय ७७ दशमलव १७ अंकमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोबार रकममा पनि हिजो भन्दा ५ करोड रुपैयाँले वृद्धि भएको छ ।

कारोबार भएका ११ मध्ये ४ वटा कम्पनी समूहको उपसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३८ दशमलव ५ अंकले बढेको छ । 

बैंक समूहको ६ दशमलव ९७ र जीवन बीमा कम्पनी समूहको उपसूचक ५ दशमलव १९ अंकले बढेको छ । नेप्सेमा आज कुल १ सय ६९ कम्पनीका ५ हजार ५ सय १ कारोबारबाट १४ लाख ४४ हजार १ सय ९२ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, ३६ करोड ८९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज कृषि विकास बैंकको सबै भन्दा धेरै कारोबार भएको छ । 
 


प्रतिक्रिया