नेपाल र साउदीबीच व्यापार र आर्थिक अभिवृद्धि बारे छलफल

श्रावण ८, २०७६ | काठमाडौं

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष र साउदी अरेबियाका राजदूत मसियद बिन सुलिमानबीच भेतवार्ता भएको छ । भेतवार्तामा लगानी, व्यापार, श्रम र आर्थिक अभिवृद्धि विषयमा छलफल भएको छ । चेम्बर अफ कमर्शको सचिवालयमा भएको छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई देशको व्यापारिक, आर्थिक एंव लगानीको विकास प्रगाढ बनाउन भूमिका खेल्न राजदूत सुलिमानलाई आग्रह गर्नुभयो ।

उहाँले दुई देशका उद्यमी व्यवसायी बिचमा प्रचलित कानून र नियमको ढाँचाभित्र रहि द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ अवसर पहिचान गर्नुपर्ने जोड दिनुभयो । आर्थिक उन्नतीको लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, वैदेशिक लगानी, सामाजिक सुरक्षा योजना लागू भैसकेको जानकारी दिंदै नेपालमा व्यवसाय एंव लगानीको उपयुक्त वातावरण भएको बताउनुभयो । 

अध्यक्ष श्रेष्ठले सन् २०२० फेब्रुअरी २५ देखि २९ मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा साउदी अरबियाबाट समेत सहभागिताको लागि अनुरोध गर्नुभयो । कार्यक्रममा नेपालका लागि साउदी अरबियाका राजदूत मसियद बिन सुलिमानले साउदी अरेयिबा र नेपाल चेम्बर बीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एंव आपसी सम्बन्ध बनाउन सकिने बताउनुभयो । उहाँले व्यापार र पर्यटन विकासका लागि चेम्बरले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

दुई देशका उद्यमी व्यवसायी बिचमा द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यवसायीक अवसरहरुले सम्भावनाको पहिचान गर्नसक्ने बताउनुभयो । साउदी अरबिया नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमध्ये एक हो । साउदीमा १२ दशमलव ९ प्रतिशत नागरिक बेरोजगार रहेकोले निजी क्षेत्रका स–साना कम्पनीमा समेत साउदी नागरिकलाई अनिवार्य रोजगार दिनुपर्ने नीति लिएको छ ।

अबको २५ वर्षपछि झन्डै एक करोड साउदी नागरिकले अवकाश पाउने स्थिति रहेकाले सामाजिक सुरक्षा साउदीमा ठूलो चुनौती बनेको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उच्च पदाधिकारीहरुको समेत उपस्थित रहेको थियो । 


प्रतिक्रिया