विषादी जाँच नगर भने पनि गर्छौ : कृषि मन्त्री खनाल 

श्रावण १७, २०७६ | भरतपुर

कृषि तथा पशुपन्छी विकास मन्क्री चत्रपाणी खनालले आयातीत तरकारी तथा फलफूलमा विषादी परीक्षणमा कडाई गर्ने बताउनु भएको छ । नेपालमा आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण नरोकिएको भन्दै यसलाई थप कडाई गर्ने बताउनुभएको हो ।

चितवनको भरतपुरमा नेपाल भेटेरिनरी एशोसिएसनको वार्षिक साधारण सभाको उद्घाटन गर्दै कृषि मन्त्री खनालले विषादी परीक्षणमा भारत भन्दा नेपाल अघि रहेको दावी गर्नुभयो । मन्त्री खनालले कृषि क्षेत्रको समग्र विकासका लागि सरकारले कृषि युवा झन्ने नयाँ कार्यक्रम अगाडि बढाएको जानकारी दिंदै यो कार्यत्रम सफल भए आगामी ५ वर्ष सम्म निरन्तर सञ्चालन गर्ने योजना रहेको सुनाउनुभयो । 

यसअघि, भरतपुरमै सञ्चारकर्मीसँग मन्त्री खनालले दुग्ध उत्पादक कृषकहरुको माग १५ दिन भित्र पूरा गर्ने आश्वासन दिनुभएको थियो । दुग्ध उत्पादक कृषकको माग सुनुवाईका लागि कार्यादल गठन गरी प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । दूधको मूल्य कम्तीमा १० रुपैयाँले बढाउनुपर्ने माग गर्दै चितवनका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सरकारलाई साता दिनको समय दिएका थिए । 


प्रतिक्रिया