अमिलो आँपमा झुम्दै सुगा (फोटोफिचर)

तस्बिर : मनोज पौडेल/ रेडियो कान्तिपुर ।  

भाद्र १५, २०७७ | कपिलवस्तु

बाँच्न सजिलो छैन । मान्छेलाई मात्र होईन चरालाई पनि । जीवन धान्ने आहार जुटाउन हम्मे पर्छ । घरपालुवा जनावरलाई मानिसले खुवाउँछन् । तर, उन्मुक्त वातावरणमा रमाउने चरालाई आफै नडुली सुखै छैन । 

आफ्नो बासस्थन वरिपरि आहार नभेटिए २/४ किलोमिटर चक्कर काट्नु पर्छ । यीनै मध्येको कण्ठे सुगाले बाँच्नका लागि गरेको संघर्षमा बडो मेहनत गरेको यहाँ देख्न सकिन्छ । कपिलवस्तु नगरपालिका–१, आनन्दवागस्थित एक विद्यालयको रुखमा एउटा सुगाले मुखको धारिलो चुच्चाले गजबले आँप खाईरहेको थियो ।

निक्कै चलाख मानिने सुगाले कसैले आक्रमण नगरोस् भने चारैतिर आँखा डुलाउँदै सतर्कता अपनाउँदै आहार खाईरहेको थियो । आँपलाई आहार बनाउने शिल्पी उस्तै मनमोहक र रोमाञ्चक देखिन्थ्यो । 

तस्बिर : मनोज पौडेल/ रेडियो कान्तिपुर ।

प्रतिक्रिया