मलका लागि भिडभाडमा घण्टौं लाइन (फोटोफिचर)

तस्बिर : रमेशकुमार पौडेल/रेडियो कान्तिपुर ।  

भाद्र १७, २०७७ | चितवन

धानमा राख्ने युरिया मल पाउने आशमा कोरोना भाइरस संक्रमणकाबीच किसानहरु भिडभाडमा घण्टौं पालो कुरेर बस्न बाध्य छन् । चितवन भरतपुर महानगरपालिका–६ गीतानगरमा बुधबार बिहान सबेरैदेखि ठूलो भिडभाड थियो । 

सर्वोदय बहुउद्देश्यीय सहकारीमा १ सय २० बोरा युरिया मल बाँड्दै थियो । तर, मल लिन भने हजार भन्दा बढी कृषकहरु बिहान तीन बजेबाटै लाइन लाग्न बसेका थिए । सहकारीले एक जनालाई १० केजीको दरले मल बाँड्यो । ६ सय जना भन्दा अरुले मल पाएनन् ।

चितवनमा निषेधाज्ञा जारी छ । भेला, जमघट हिँड्डुल गर्न बन्देज छ । तर, कोरोना संक्रमणको जोखिम मोलेर लामबद्ध भएका किसानहरुमध्ये धेरैले मल नै पाइनन् । पाएकाहरुले पनि आवश्यकता भन्दा एकदम न्यून पाए ।

सहकारीका सचिव होमनाथ अधिकारी कम्तिमा तीन चार हजार मल आवश्यक पर्ने बेलामा सवा सय बोरा मल आएको बताउँछन् । यो समस्या गीतानगर वा चितवनमा मात्रै नभएर अहिले देशभर नै छ । धानमा मल हाल्ने बेलामा अभाव भएपछि मल आएको ठाउँमा यस्तै अचाक्ली भिड देखिन्छ ।

तस्बिर : रमेशकुमार पौडेल/रेडियो कान्तिपुर ।

प्रतिक्रिया