मायादेवी मन्दिर खोल्नु पर्ने माग गर्दै प्रर्दशन (फोटोफिचर)

कार्तिक १९, २०७७ | कपिलवस्तु

मुलुकको प्रमुख पर्यटकीय स्थल लुम्बिनीस्थित मायादेवी मन्दिर खोल्नु पर्ने माग गर्दै विभिन्न संघसंस्थाले धर्ना र प्रर्दशन गरेका छन् । बुधबार मायादेवी मन्दिर मुख्य प्रवेशद्वार ५ नम्बर गेट अघि प्ले कार्ड बोकेर उनीहरुले धर्ना दिएका थिए । त्यस्तै, भैरहवा–तौलिहवा सडकखण्डमा पर्ने पर्सा बजारमा पनि धर्ना र प्रर्दशन गरिएको छ । 

पर्सा बजारबाट हिँड्दै लुम्बिनी विकास कोष कार्यालयमा पुगेर मन्दिर तत्काल खुला गर्न माग गर्दै कोष उपाध्यक्ष अवधेशकुमार त्रिपाठीलाई ज्ञापन बुझाएका हुन् । ७ दिन भित्र मन्दिर सञ्चालनको व्यवस्थापन नगरे कडा आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् । 

मन्दिर सञ्चालन गर्न आन्तरिक तयारी कोषले गरेपनि पर्यटन मन्त्रालयले अनुमति नदिंदा समस्या भएको उपाध्यक्ष त्रिपाठीले बताउनुभयो । लुम्बिनी संरक्षण नागरिक समाजको अगुवाईमा होटल, रेष्टुरेन्ट, पर्यटन व्यवसायी, बौद्ध युवा संघ, आमा समुह र रिक्सा व्यवसायी लगायत ११ संघ संस्थाले प्रर्दशन गरेका थिए । कोरोना भाईरस संक्रमणका कारण ७ महिनामा कपिलवस्तुका होटल तथा रेन्टुरेन्ट व्यवसायीले ८० करोड बढी नोक्सान व्यहोरेको बताएका छन् । 

जिल्लामा समान्यदेखि तारेसम्मका ८० वटा होटल रहेको छन् । उनीको होटलमा एक अर्ब ५० करोड रुपैयाँ बढी लगानी रहेको छ । लुम्बिनी स्वदेशीदेखि विदेशी वर्षेनी १६ लाख हाराहारीमा श्रद्धालु र पर्यटक आउने गरेका छन् । सन् २०१९ मा एक सय १५ मुलुकका पर्यटक यहाँ आएका थिए ।


प्रतिक्रिया