भगवान बनाउने अनिल ! (फोटोफिचर)

कार्तिक २९, २०७७ | कपिलवस्तु

हिन्दू धर्मावलम्बीको पर्व दशैं तिहारका बेला कपिलवस्तु नगरपालिका–१ नयाँ टोलका अनिल गुप्ता निकै व्यस्त हुन्छन् । रातदिन उनी माटोका विभिन्न आकृतिहरुलाई ‘भगवान’ बनाउने काममा खटिन्छन् । 

उनी मात्रै नभएर २ जना कामदार राखेर व्यस्तता बढाउँछन् । उनै अनिलले अहिले ३ महिनामा माटोको मूर्ति बचेर ५ लाख बढी आम्दानी गरे । पराल, माटो, बास, किल्ला र डोरीले आकृति बनाएर श्रृङगार पटार गरी मूर्ति तयार गरेका थिए ।

दशैंमा १८ सेट दुर्गा मूर्ति बेचे । एक सेट मूर्ति २० देखि ७० हजार रुपैयाँसम्म बिक्री गरेको उनी बताउँछन् । त्यस्तै, दीपावलीमा १० सेट लक्ष्मीको मूर्ति बेचे ।

यो एक सेटको १५ देखि ३० हजार रुपैयाँमा बिक्री गरेको उनले बताए । यही पेशाबाट ६ जनाको परिवार पालिएका छन् । राम्रो कमाई छ । पुण्य प्राप्ति हुने भएकाले कामलाई निरन्तरता दिएको उनी बताउँछन् । 


प्रतिक्रिया