लुम्बिनीमा विद्युतीय बस सञ्चालन हुँदै (फोटोफिचर)

माघ २०, २०७७ | कपिलवस्तु

मुलुकको प्रमुख पर्यटकीय गन्तब्य लुम्बिनीमा वातावरण मैत्री विद्युतीय बस र ट्याक्सी सञ्चालन हुने भएको छ । विश्व सम्पदा स्थल लुम्बिनीमा वातावरण प्रदूषण न्यूनिकरणका लागि एशियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा क्लिन ईनर्जी प्रोजेक्ट अन्तर्गत बस तथा ट्याक्सी भित्रिएका हुन् । 

५ वटा बस र १४ ट्याक्सी विद्युतीय चार्जिङ स्टेशनको पार्किङमा राखिएका छन् । चीनबाट ल्याईएको बस तथा ट्याक्सी पानी जहाज र लरीमा यहाँ ल्याईएको हो । एशियाली विकास बैंकको १३ करोड र नेपाल सरकारले साढे ३ करोड भन्सार शुल्क ब्यहोरेपछि बस तथा ट्याक्सी लुम्बिनी ल्याइएको हो । बस र ट्याक्सी अत्याधुनिक छन् । 

ठूलो बसमा १९ सिट छ । बसमा ३५ जनासम्म उभिन मिल्ने छन् । सानो भ्यान ५ सिटे हो । पूर्ण वातानुकूलित बस अपाङ मैत्री छ । स्वचालित ढोका छन् । आनन्दायी सिट छन् । कार्डले स्टार्ट हुन्छ । आवाज रहित छ । एक पटक फुल चार्ज गरे ४ सय किलोमिटर गुड्छ । आपतकालिन ठूलठूला ढोका छन् । 

बस रोक्नका लागि सिटसिटमा बेल बटम छ । थिच्ना साथ चालक निर रहेको बत्ती बल्छ । प्राविधिक रुपमा उपयुक्त ठहरिएका छन् । लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भटराईले अब टेण्डर आह्वान गरेर सञ्चालनको प्रक्रिया सुरु गर्ने बताउनुभयो । विश्वलाई लुम्बिनीसँग जोडन रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट लुम्बिनीसम्म पर्यटक र तीर्थयात्रीलाई ल्याउन प्रयोग गरिने कोषका सदस्य राजेश ज्ञवालीले बताउनुभयो । 

त्यस्तै, लुम्बिनीलाई विभिन्न बुद्धस्थल तिलौराकोट, रामग्राम र देवदहसँग जोडन र त्यहाँ आवतजावतका लागि सजिलो बनाउन बस सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । विद्युतीय बस र ट्याक्सी सञ्चालनका लागि चार्जिङ स्टेशन निर्माणको काम सम्पन्न भईसकेको छ ।


प्रतिक्रिया