खोरसोरमा छावाको छुनु र मुनु (फोटोफिचर)

तस्बिर : रमेशकुमार पौडेल/रेडियो कान्तिपुर ।  

फाल्गुन १७, २०७७ | चितवन

चितवनको सौराहास्थित खोरसोरमा हात्ती प्रजनन् केन्द्र छ । संरक्षण कार्यका लागि गस्ती र अनुसन्धान गर्न हात्ती आवश्यक पर्छ । आवश्यक पर्ने हात्ती देशमै जन्माउने र हुर्काउने अनि उमेर भएपछि तालिम दिएर काममा लगाउने उद्देश्यले सरकारले यो प्रजनन् केन्द्र स्थापना गरेको हो । 

विस २०४२ सालमा प्रजनन् केन्द्र खुलेपछि ५० भन्दा धेरै बच्चा जन्मेर हुर्केका छन् । प्रजनन् केन्द्रमा अहिले पनि नौ वटा छावा अर्थात हात्तीका बच्चा छन् । छावा निस्फिक्री दौडने खेल्ने गर्दछन् । आमाको पछि लागेर जंगलमा चर्न पनि जान्छन् । 

तस्बिर : रमेशकुमार पौडेल/रेडियो कान्तिपुर ।

सौराहादेखि प्रजनन् केन्द्र नजिकै पनि छ । सौराहा डुल्न आउने पर्यटक खोरसोरको हात्ती प्रजनन् केन्द्रमा पनि जाने गर्छन् । त्यहाँ रहेका ठूला हात्ती भन्दा छावाका चकचक र चुलबुल हेरेर पर्यटक रमाउने गर्दछन् । अहिले प्रजनन् केन्द्रमा रहेका नौ मध्ये आठ वटा छावा भाले हुन् ।


प्रतिक्रिया