सौतेली आमासँग मिलेर वृद्ध बाबुको हत्या

पुस २५, २०७६ | भोजपुर

आफ्नै सौतेली आमासँग मिलेर भोजपुरमा छोराले बाबुको हत्या गरेका छन् । 

भोजपुर नगरपालिका ११, आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले कान्छी आमा ५६ वर्षीय कर्णशोभासँग मिलेर ८८ वर्षिय दलबहादुरको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

कान्छी आमा कर्णशोभासँग अवैध सम्बन्धमा रहेका हरिबहादुरले गत असोज २५ गते दलबहादुरलाई घाँटी थिचेर हत्या गरी शव स्थानीय सोहन खोलामा फालेको प्रहरीले जनाएको छ । 

हरिबहादुर र कर्णशोभाले स्थानीय सन्तोष विक र नारायण विकलाई ५ हजार रुपैयाँ दिएर दलबहादुरको शव डोकोमा हाली खोलामा फ्याँक्न लगाएको भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले बताउनुभयो । 

गत असोज २५ गते सम्पर्क बिहीन भएका दलबहादुरको खोजी गर्ने क्रममा प्रहरीले उनको शव मंसिर १ गते फेला पारेको थियो । प्रहरीले कर्णशोभालाई पुस १६ गते पक्राउ गरेको हो । भने दलबहादुर आज पक्राउ परेका हुन् । 

हरिबहादुर र कर्णशोभा विरुद्द प्रहरीले जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । यस्तै घटनामा सहयोग गरेको अभियोगमा प्रहरीले सन्तोष र नारायणविरुद्द पनि कर्तव्य ज्यान मुद्दा चलाएको छ । अदालतको आदेशले ४ जना अहिले थुनामा छन् ।  


प्रतिक्रिया