थ्री नट थ्री राइफलसहित चन्द समूहका सेक्रेटरी पक्राउ

पुस २८, २०७६ | पोखरा

प्रतिबन्धित नेत्रविक्रम चन्द समूका म्याग्दी जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । गोली लोड गरेर राखिएको अवस्थामा थ्री नट थ्री राइफल सहित चन्द समूका म्याग्दी जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।

सापकोटालाई बेनी नगरपालिका–२ भकिम्लीस्थित उनकै घरबाट आइतबार पक्राउ गरिएको म्याग्दी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी म्याग्दीका निरीक्षक ध्रुव शर्माका अनुसार सापकोटाको साथबाट थ्री नट थ्री राइफल र त्यसको ७ राउन्ड गोली बरामद भएको छ । 

त्यसैगरी एकनाले भरुवा बन्दुक र त्यसका प्रयोग हुने छर्राको ३ वटा डिब्बा पनि भेटिएको उहाँले बताउनुभयो । तत्कालीन अवस्थामा नेपाल प्रहरीसँग मात्रै थ्री नट थ्री राइफल थियो ।

 २०६० चैतमा म्याग्दी सदरमुकाम बेनी आक्रमणका बेला वा अन्यत्र कतैबाट ल्याईएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया