माघे संक्रान्तिमा प्रदेश १ मा सार्वजनिक बिदा

पुस २९, २०७६ | मोरङ

प्रदेश १ सरकारले माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

प्रदेश १ मन्त्रिपरिषदको बैठकले माघ १ गते उक्त पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिम मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले बताउनुभयो ।

माघी पर्वको अबसरमा प्रदेश १ प्रमुख सोमनाथ अधिकारी शुभकामना सन्देश समेत दिनु भएको छ । 


प्रतिक्रिया