बनेपाबाट १० लाख रुपैयाँ बराबरका मोबाइल बरामद

माघ १, २०७६ | काभ्रे

भन्सार छली गरी बिक्रीका लागि राखिएका विभिन्न कम्पनीका ३० थान मोबाइल इलाका प्रहरी कार्यलय बनेपाले बरामद गरेको छ । 

काभ्रेका बनेपा नगरपालिका ९ का २२ वर्षीय सुनिल खनालले सञ्चालन गरेको ब्रदर्श मोबाइल पसलबाट प्रहरीले सो संख्यामा मोबाइल बरामद गरेको हो । 

खनालले सञ्चालन गरेको पसलमा आइफोन २ थान, सामसुङका विभिन्न मोबाइल १० थान, एससका २, भिभोका ५, एमआईका २, ओप्पोका ५, वान प्लसको १ र रियल मी कम्पनीको ३ थान गरी १० लाख १७ हजार ५ सय मुल्य बराबरको मोबाइल बरामद गरेको प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

मोबाइल र सञ्चालक खनाललाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको उहाँले जानकारी दिनुभयो । 

भन्सार छलेर ल्याएका मोबाइल बिक्री हुने गरेको सूचनाका आधारमा निगरानी बढाएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया