लागूऔषध सहित काठमाडौंबाट ७ पक्राउ

माघ १, २०७६ | काठमाडौं

काठमाडौंको नागढुंगाबाट प्रहरीले १ किलो १५ ग्राम चरेशसहित २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछापका २३ वर्षीय फुर्वा शेर्पा र ३० वर्षीय जिव छिरिङ शेर्पा छन् । 

यस्तै ललितपुरको गोदावरी नगरपालिका–९ जल्खु मोडबाट २ केजी ६० ग्राम लागूऔषध गाँजासहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुपन्देहीका २० वर्षीय विकास कडेल लगायत ५ जना छन् । महानगरीय प्रहरी प्रभाग चुनिखेलले पक्राउ परका अन्य ४ जनाको नाम भने खुलाएको छैन् । 


प्रतिक्रिया