भन्सार छली ल्याउँदै गरेको सामान सहित ५ पक्राउ

माघ १, २०७६ | काठमाडौं

काठमाडौं, काभ्रे र सप्तरीबाट भन्सार छलिका १ करोड बढी मूल्य बराबरका सामान सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंको थानकोटबाट प्रहरीले ६० लाख रुपैयाँ बरारबका ६१ बोरा कपडा सहित मकवानपुरका ४२ वर्षीय आनन्द लामालाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाले ३५ लाख बाराबरको भन्सार छलिका मोबाइल बरामद गरेको छ । 

यस्तै, भन्सार छलिका १० लाख १७ हजार ५ सय रुपैयाँ बराबरका ३० थान मोबाइल सेट सहित काभ्रे प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बनेपाका २२ वर्षीय सुनिल खनाल र सुदीप खनाल छन् ।

यस्तै सप्तरीको बलान–बिहुल गाउँपालिका–४ बाट प्रहरीले १ लाख मूल्य बराबरका लेडिज कुर्ता र साडी सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय उपेन्द्रप्रसाद साह र ४७ वर्षीय संजिवकुमार अग्रवाल छन् । 


प्रतिक्रिया