लागूऔषध सहित काठमाडौं उपत्यकाबाट ९ पक्राउ

माघ १, २०७६ | काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तीन किलो चरेशसहित इलामका दिलेन्द्र योङहाङलाई पक्राउ गरेको छ । 

थाई एयरको उडानबाट आज दिउँसो बैंकक जान लागेका लामालाई शंका लागेर सुरक्षा जाँच गर्दा उनको लगेजबाट लागूऔषध चरेश फेला परेको विमानस्थल प्रहरीले जनाएको छ । 

यस्तै प्रहरीले काठमाडौंको नागढुंगाबाट १ किलो १५ ग्राम चरेशसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापका २३ वर्षीय फुर्वा शेर्पा र ३० वर्षीय जिव छिरिङ शेर्पा छन् । 

नागढुंगाबाट नै प्रहरीले करीब १ केजी चरेश र ३ सय ग्राम गाँजा सहित धादिङका २१ वर्षीय देवराज लामालाई पक्राउ गरेको छ । 

यसैबीच, ललितपुरको गोदावरी नगरपालिका–९ बाट २ केजी ६० ग्राम गाँजा सहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीका २० वर्षीय विकास कडेल लगायत ५ जना छन् । 

अन्य ४ जनाको नाम भने प्रहरीले गोप्य राखेको छ । 


प्रतिक्रिया