लागूऔषध प्रयोगकर्तालाई दण्ड होइन परामर्श दिनुपर्छ : आईजीपी खनाल

फाइल फोटो 

माघ २, २०७६ | वीरगञ्ज

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषध प्रयोगकर्तालाई दण्ड नभई परामर्श दिनुपर्ने बताउनुभएको छ । 

पर्साको वीरगञ्जमा लागूऔषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित नि:शुल्क कानूनी तथा मनोसामाजिक परामर्श केन्द्रको आज उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले लागूऔषध सेवन मुलुकमा विकराल सामाजिक समस्या बन्दै गएकाले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान सुरु गरेको बताउनुभयो । 

कुलतमा फस्नु अघि र जेल परेपछि पनि उनीहरुलाई परामर्श केन्द्रमै लैजानुपर्ने आईजीपी खनालले बताउनुभयो ।

परामर्श केन्द्रमा विज्ञले काउन्सिलिङ गर्ने र समाजमा पुन:स्थापना गर्न भूमिका निर्वाह गर्ने आईजीपी खनालको दाबी छ । 

लागूऔषध सेवन गर्ने व्यक्ति आफैं पीडित भएको भन्दै उहाँले उनीहरुको उद्धारका लागि अभिभावक नै सक्रिय हुनु पर्ने बताउनुभयो । 


प्रतिक्रिया