कैदी फरार घट्नामा दुई प्रहरी निलम्बन

माघ ३, २०७६ | रौतहट

रौतहटस्थित गौर कारागारबाट चार दिन अघि कैदीबन्दी फरार भएको घट्नामा २ प्रहरी निलम्बनमा परेका छन् । 

कारागारको सुरक्षार्थ खटिएका प्रहरी हवलदार नीरजकुमार सिंह र जवान महानन्दप्रसाद यादवलाई जिल्ला प्रहरी कार्यालयलले आज निलम्बन गरेको हो । 

कैदी फरार घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको थियो ।

सोही समितिको सिफारिसपछि उनीहरु कारबाहीमा परेका हुन् । गत पुस २७ गते राति अपहरण, शरीर बन्धक तथा संगठित अपराध मुद्दामा १५ वर्षको कैद सजाय भोगीरहेका अशोक राय यादव फरार भएका थिए । 

बालक अपहरण मुद्दामा यादवलाई २०७३ सालमा जिल्ला अदालत सर्लाहीले १५ बर्षको कैद सजाय सुनाएको थियो । 

यादव ३ वर्ष देखि गौर कारागारमा थिए । यस्तै, कारागारको सुरक्षा जिम्मा पाएका सई रामसरोवर सिंह र असई दिनानाथ प्रसाद यादवलाई पनि निलम्बन गर्न छानबिन समितिले भनेको छ । 

उनीहरुविरुद्धको निलम्बन भने प्रदेश २ प्रहरीले गर्छ । समितिकै सिफारिसमा कैदी भगाउन सहयोग गरेको आरोपमा कार्यालय सहयोगी एक रामुल पनि पक्राउ परेका छन् ।   


प्रतिक्रिया