४ हजार धरौटी बुझाएर रिहा भईन आस्था राउत

माघ १४, २०७६ | काठमाडौं

गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिएको आदेश विवादित बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले २४ घण्टा भित्रै धरौटीमा रिहा गरेको छ । 

जिल्ला प्रशासन कार्यालयमा ४ हजार रुपैयाँ धरौटी बुझाएर उनी आजै रिहा भएकी छन् । 

हिजो बिहान महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी आस्थालाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराए लगत्तै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रशासनको आदेश पूर्वाग्रही भएको भन्दै चौतर्फी आलोचना भएको थियो । 

आस्थाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा गत माघ ५ गते अभद्र ब्यवहार मुद्दा दर्ता भएको थियो । सांस्कृतिक कार्यक्रमको सिलसिलामा भारतको सिक्किममा रहेकी आस्था काठमाडौं आएसँगै प्रहरी कार्यालयमा पुगेकी हुन् । 

उनीविरुद्द जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी पनि जारि भएको थियो । 

झापा जाने क्रममा माघ २ गते आफूमाथि दुर्ब्यवहार गरेको भन्दै गायीका आस्थाविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनलमा कार्यरत महिला प्रहरी जवानले उजुरी दिएकी थिईन् ।   


प्रतिक्रिया