प्रहरी र चन्द समूहबीच बर्दियामा भिडन्त

माघ १४, २०७६ | बर्दिया

प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ता र प्रहरीबीच बर्दियामा भिडन्त भएको छ । मधुवन नगरपालिका–४ स्थित कुम्राघाट र महुवाको बीचमा पुगेको गस्ती टोलीलाई लक्षित गरी चन्द समूहका ४ जना कार्यकर्ताले अपराह्न साढे ४ बजे फायरिङ गरेका थिए ।

भिडन्तमा परि प्रहरी जवान गंगाप्रसाद चौधरी घाइते भएका छन् । उनको अवस्था सामान्य छ । यस्तै प्रहरीले चन्द समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । 

बर्दिया परिषद अध्यक्ष खमबहादुर खाडा र रोहीत सुनारलाई पक्राउ गरिएको एसपी राजेशनाथ बास्तोलाले बताउनुभयो । घटनामा संलग्न अन्य दुई जना भने फरार छन् । 


प्रतिक्रिया