तराईमा आतंक मच्चाउने भारतीय युवक पक्राउ

माघ १५, २०७६ | रौतहट

मधेसी नेशनल पार्टीको नाममा तराईमा आतंक मच्चाउने भारतीय एक युवकलाई रौतहट प्रहरीले गोली हानेर पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा २१ वर्षीय चाँद अली छन् । उनलाई इशनाथ नगरपालिका–१ बन्जरास्थित सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको एसपी रविराज खड्काले बताउनुभयो । 

उनको दायाँ खुट्टामा गोली लागेको छ । प्रहरी टोलीलाई देखेपछि चाँद अलीले गोली चलाएपछि जवाफी कारबाही गरिएको एसपी खडकाले बताउनुभयो । 

उनको साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद गरेको छ ।   


प्रतिक्रिया