२० केजी चरेस सहित धादिङबाट ५ पक्राउ

माघ २०, २०७६ | धादिङ

लागूऔषध चरेश सहित धादिङबाट ५ जना पक्राउ परेका छन् । बेनिघाट रोराङ–४ स्थित मलेखु–ताल्ती कच्ची सडकखण्डबाट अवैध लागूऔषध २० केजी चरेश सहित ५ जना पक्राउ परेका हुन् । 

उनीहरुसँग चरेस बनाउन प्रयोग हुने एक लिटर झोल पदार्थ समेत बरामद भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ –९, काफलपानी बस्ने २८ वर्षीय सुकलाल गोम्बो, १९ वर्षीय भिमवहादुर गोम्वो, २२ वर्षीय पासाङ तामाङ, काछामान स्याङ्तान र चरेस खरिद गर्न आएका म्याग्दी जिल्ला मालिका–२ निवासी ३० वर्षीय तिलक विक रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा चरेश र नगद सहित उनीहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक खड्गबहादुर खड्गाले बताउनुभयो । 


प्रतिक्रिया