स्रोत नखुलेको ३२ लाख रुपैयाँ सहित ५ पक्राउ

फाल्गुन १३, २०७६ | काठमाडौं

स्रोत नखुलेको करीब २७ लाख रुपैयाँ सहित पर्साबाट ४ जना पक्राउ परेका छन् । 

वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्श नगरबाट रौतहटका ४१ वर्षीय संजय कुमार साह ९ लाख ७१ हजार रुपैयाँसहित पक्राउ परेका हुन् । 

यस्तै, स्थानीय ३० वर्षीय जयलाल महतोलाई पनि प्रहरीले १० लाख रुपैयाँ सहित पक्राउ गरेको हो । यसैबीच, भन्सार कार्यालय नजिकबाट प्रहरीले स्थानीय ३१ वर्षीय राजु कुमार कलवारलाई ३ लाख रुपैयाँ सहित पक्राउ गरेको छ । 

सोही ठाउँबाट भारत रक्सौलका ३५ वर्षीय विजय कुमार ठाकुर ४ लाख रुपैयाँ सहित पक्राउ परेका छन् । उनीहरुले रकमको स्रोत खुलाउन नसकेपछि हुण्डी शीर्षकमा मुद्दा दर्ता गरिएको पर्सा प्रहरीले जनाएको छ ।

यसैबीच, सर्लाहीको मलंगवा नगरपालिका–९ लच्कास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको ५ लाख रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत सितामणी का ६० वर्षीय गणेश महतो छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा बेश मलंगवाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।  


प्रतिक्रिया