सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु

जेष्ठ ११, २०७७ | दाङ

सर्पले डसेर दाङको लमहीमा एक बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका–९ तेलियाकी ९ वर्षीया रेश्मा कुमालको शनिबार सर्पले डसेर मृत्यु भएको हो । 

आमासँगै घरको पेटीमा बसिरहेका बेला सर्पले डसेर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

सर्पले डसेर बिरामी परेकी कुमालको झारफुकको तयारी गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया