क्वारेण्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु

जेष्ठ १४, २०७७ | कञ्चनपुर

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा क्वारेण्टाइन व्यवस्थापनमा जुटेका एक वडाध्यक्षको मृत्यु भएको छ । मंगलबार राति सोही वडाको राष्ट्रिय माविमा क्वारेण्टाईन व्यवस्थापनकै क्रममा वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अध्यक्ष राना मंगलबार दिनभरि क्वारेण्टाइन व्यवस्थापनामा थिए । सो विद्यालयमा १ जनालाई क्वारेण्टाइनमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रविन्द्र पौडेलका अनुसार साँझपख खाना खाएर क्वारेण्टाइनमा आएका उनको मोवाइल चलाउँदा चलाउदै मृत्यु भएको हो । उनको शव धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

‘हामी दिनभरि सँगै क्वारेण्टाइनको व्यवस्थापनमा जुटेका थियौं’ कृष्णपुर नगरपालिकाका प्रमुख कर्ण हमालले भन्नुभयो, ‘राति अचानक मृत्युको खबर आयो ।’ उहाँले सेती प्रादेशिक अस्पतालमा रानाको स्वाब परीक्षण गरिने जानकारी दिनुभयो । 


प्रतिक्रिया