धादिङको खानी खोलास्थित औषधि उद्योगमा आगलागी

जेष्ठ १४, २०७७ | धादिङ

धादिङ जिल्लाको धुनिबेशी नगरपालिकामा रहेको नोभा जेनेटिका औषधि उद्योगमा आगलागी भएको छ । धुनिबेशी नगरपालिका–६ खानी खोलामा रहेको नोभा जेनेटिका औषधि उद्योगमा आगलागी भएको हो । 

अहिले नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यलय खानीखोलाबाट खटिएका प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भईरहेको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन् । 

आगलागीमा क्षति कती भयो र कसरी भयो भन्ने बारेमा अनुसन्धान भईरहेको खानीखोलास्थित प्रहरी कार्यालयका प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताउनुभयो । 


प्रतिक्रिया