रुकुम घटनाका ३४ जना विरुद्ध अभियोग दर्ता

जेष्ठ ३२, २०७७ | रुकुम

– रुकुम पश्चिम घटनामा संलग्न रहेको आरोपमा ३४ जना विरुद्ध रुकुम जिल्ला अदालतमा अभियोग दायर भएको छ । दुई पटक म्याद थप गरेर प्रहरीले गरेको अनुसन्धान प्रतिवेदन सहित जिल्ला सरकारी वकिलको कार्यालय रुकुम पश्चिमले आज उनीहरु विरुद्ध अभियोग दायर गरेको हो ।

 आरोपी ३३ जनालाई कर्तव्यज्यान, ज्यान मार्ने उद्योग, जातिय भेदभाव र छुवाछुत कसुरको अभियोग लगाईको छ भने १ जनालाई मतियारको अभियोग लगाईएको रुकुम जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । 

३४ जना विरुद्ध अदालतमा मुद्धा दायर भएपनि ५ जना अझै फरार छन् । पिडितले जेठ १२ गते जिल्ला प्रहरी कार्यालय जाजरकोट मार्फत जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा २० जनाको नाममा जाहेरी दिएका थिए भने बाँकी ९ जनालाई प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरेको थियो । सोतीकी १७ वर्षिया मल्ल थरकी एक किशोरीका प्रेमी सहित जाजरकोटबाट आएका युवा स्थानीयको आक्रमणमा परेका थिए । जसमा युवतीका प्रेमी भनिएका नवराज विक सहित ६ जनाको ज्यान गएको थियो । 


प्रतिक्रिया