कारको ठक्करबाट रुपन्देहीमा एक महिलाको मृत्यु

असार ११, २०७७ | रुपन्देही

रुपन्देहीको तिलोत्तमामा बुधबार साँझ कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडकखण्ड अन्तर्गत तिलोत्तमा–१५ मधवलियामा कारको ठक्करबाट कोटिहवा घर भएकी ४० वर्षीया शान्ता केसीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

बुटवलबाट भैरहवातर्फ जांदै गरेको बा ५ च ६७१० नम्बरको कारले सडक पार गर्ने क्रममा केसीलाई ठक्कर दिएको थियो । 

कारको ठक्करबाट घाईते भएकी उनको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक डिल्लिनारायण पाण्डेले जानकारी दिनुभयो । 


प्रतिक्रिया