५० हजार घूससहित कैलालीबाट इन्सपेक्टर पक्राउ

असार ११, २०७७ | धनगढी

अख्तियार अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक सहित दुई जनालाई घूस सहित नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की सहित दुई जनालाई ५० हजार रुपैयाँ घूस सहित उनीहरुलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो । 

इन्सपेक्टर कार्कीसंगै कानून व्यवसायी हिमालय विक्रम विष्टलाई पनि नियन्त्रणमा लिइएको आयोगको महेन्द्रनगरस्थित कार्यालयका सूचना अधिकारी टोपवहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार उनीहरु दुबै जनाले जबरजस्ती करणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्दा मिलाइ दिने भन्दै कानून व्यवसायी विष्टको ल फर्ममा घूस रकम लिँदै गर्दा पक्राउ परेका हुन् । 

विशेष सूचनाका आधारमा खटिएको आयोगको टोलीले दुबै जनालाई घूससहित पक्राउ गरेको सूचना अधिकारी विष्टले बताउनुभयो । 


प्रतिक्रिया