पहिरोमा पुरिएर स्याङ्जामा एकको मृत्यु

असार १४, २०७७ | पाल्पा

अत्यधिक वर्षापछि आएको पहिरोमा पुरिएर स्याङ्जाको गल्याङ नगरपालिका–९ साङलियमा एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् । 

पहिरोमा पुरिएर ४९ वर्षीय यमबहादुर विकको गएराति मृत्यु भएको हो । घाईते फुलमाया विकलाई उपचारका लागि पाल्पा लगिएको गल्याङ नगरपालिका–९ वडा अध्यक्ष हरी खनालले जानकारी दिनुभयो । 

घटना लगत्तै गाउँलेले दुबैको उद्घार गरी गल्याङ सामुदायिक हस्पिटल पुर्‍याएका थिए । उपचारका लागि गल्याङ नगर अस्पताल पुर्‍याइएका मध्ये यमबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । 

यमबहादुरको शवलाई हाल सामुदायिक हस्पिटलमा राखिएको छ भने घाइतेलाई उपचारको लागि पाल्पा पठाइएको वडा अध्यक्ष खनालले जानकारी दिनुभयो । 

घटना स्थलमा प्रहरी जादै गरेको हुँदा थप विवरण आउन बाँकी रहेको प्रहरी उपरिक्षक विमलराज कँडेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया