नवलपरासीको क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

असार १४, २०७७ | पश्चिम नवलपरासी

पश्चिम नवलपरासीको बर्दघाटस्थित क्वारेन्टिनमा रहेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । 

बर्दघाट नगरपालिका–२ का ४५ वर्षिय पुरुषको रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शनिबार बेलुका स्वास्थ्यमा समस्या आएर अस्पतालमा भर्ना भएको र उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको लुम्विनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो । 

दिव्यज्योति क्याम्पस चिसापानीमा रहेको क्वारेन्टिनमा रहेका ती व्यक्ति दुई दिन अगाडी मात्रै भारतको मुम्बईबाट आएका थिए । 

गएराति स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि बुटवल लगिएको बर्दघाट नगरपालीकाका प्रमुख धिरज शर्मा बस्यालले बताउनुभयो ।

 मृतक पुरुषलाई रक्तचापको समस्या रहेको बताईएको छ । मृतकको स्वाब संकलन गरेर कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण गर्ने तयारी गरिएको छ । 


प्रतिक्रिया