बालयौन दुराचारी र ज्यान मार्ने उद्योगमा संलग्न २ पक्राउ

असार १४, २०७७ | सुनसरी

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बाझगरा बस्ने ३० वर्षीय नगेन्द्र बराइली रहेका छन् । 

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको छ । बालिकाका आमाले इलाका प्रहरी कार्यालयमा दिएको जाहेरीको आधारमा बराइलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बराईलीले असार १ गते बालिकालाई ललाइफकाई यौनजन्य गतिविधि गरेको जाहेरीमा उल्लेख छ । 

आफूमाथि भएको यौन दुर्व्यवहारको भएको बारेमा आमालाई सुनाएपछि प्रहरीमा जाहेरी दिएको १२ दिनपछि बराईलाई पक्राउ गरी यौनदुव्र्यवहार मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सामान्य विवादमा छुरा प्रहार गरेर फरार रहेका धरान–१५ बस्ने १८ वर्षीय निश्चल लिम्बुलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

लिम्बुले गत बैशाख ५ गते सोही वडा बस्ने केशव राईलाई घरैमा गएर पेटमा छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । लिम्बुविरुद्ध ज्यान मार्ने उद्योग गरेको आरोपमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया