टिपरको ठक्करबाट काभ्रेमा दाजुभाईको मृत्यु

असार १७, २०७७ | काभ्रे

टिपरको ठक्करबाट काभ्रेमा दुई जनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट काभ्रेका ५० वर्षीय बेदप्रसाद कोइराला र उनका ५५ वर्षीय दाजु गोवर्धनको मृत्यु भएको स्थानीय निरञ्जन गेलालले जानकारी दिए ।

धुलिखेल नगरपालिका २ मा बा. ४. छ ६३८३ नम्बरको टिपरले बा.३६.प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सव–डिभिजन वन कार्यालय कटुञ्जेका वन रक्षक कोइराला बनेपाबाट घर फर्कंदै गर्दा दुर्घटना भएको हो ।

एकै दिशामा गइरहेको टिपरले पछाडीबाट कोइरालाद्वय सवार मोटरसाइकललाई ठक्कर दिएर भागेको थियो । 

टिपर नालीमा खसालेर चालक फरार छन् । चालकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया