ब्राउन सुगर सहित झापाबाट ३ पक्राउ

असार २०, २०७७ | दमक

लागूऔषध ब्राउन सुगर सहित झापाको दमकबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई महिला छन् । 

शुक्रबार राति ११ बजेतिर उनीहरुलाई दमक नगरपालिका ५ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश थापाले जानकारी दिनुभयो । 

विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले इलाम घर भई दमक ५ मा डेरा गरी बस्ने १९ वर्षीया मनिसा राई, ताप्लेजुङ घर भई दमक ८ मा डेरा गरी बस्ने २२ वर्षीया सम्झना राई श्रेष्ठ र दमक ९ का ३२ वर्षीय रबिन कुँवरलाई नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट चुरोटको बट्टभित्र लुकाएर राखेको अवस्थामा १७ ग्राम ब्राउन सुगर बरामद गरेको डीएसपी थापाले बताउनुभयो ।     


प्रतिक्रिया